निगाता इन्टरनेशनल ल्याङग्वेजको ‘शैक्षिक मेला’ भोलि, तयारी पूरा
पाेखरा | फागुन ८, २०८१
पोखरा: निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले पोखरामा आयोजना गरेको शैक्षिक मेलाको तयारी पूरा भएको छ । पोखरा महानरपालिका–९ पृथ्वीचोकस्थित पोखरा मलमा प्रधानकार्यालय रहेको इन्स्टिच्युटले पहिलो पटक शैक्षिक मेला आयोजना गरेको हो ।
निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक निशुल्क शैक्षिक मेलाको तयारी पूरा भएको इन्स्टिच्युटकी म्यानेजर स्नेहा राईले जानकारी दिइन् ।
उनले अनुसार जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा युके लागतयका देशमा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको बताईन् ।
‘पोखरामा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको निगाता इन्टरनेशनल ल्याङग्वेजलले विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरेको निशुल्क शैक्षिक मेलाको तयारी पूरा भएको छ, म्यानेजर राईले भनिन्, ‘निशुल्क मेलामा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न प्याकेजको व्यवस्था गरेका छौं । ’
व्यवस्थापक राईका अनुसार पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरा मलमा हुने निशुल्क शैक्षिक मेला बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।
उनले मध्यान्न १२ बजेदेखि १ बजेसम्म जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरी सेमीनार सञ्चालन गर्ने बताइन् । यस्तै १ देखि २ बजेसम्म बेलायत ९युके० २ देखि ३ बजेसम्म अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सेमीनार सञ्चालन हुनेछ ।
यस्तै जापानमा कामदार भिषा (एसएसडब्लु) र जापानमा नै कामदार भिषामा (ब्याचलर कार्यक्रम) विद्यार्थीहरुलाईसमेत निशुल्क परामर्श दिइनेछ ।
उक्त शैक्षिक मेलामा युनिक्याम्पस ग्लोबल इडु ब्रिज र पोखरा मल बिजनेश एशोसियसनसँग सहकार्य गरको इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए ।
उनका अनुसार अनुसार शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरुलाई भाषा तयारी कक्षा (Japanese Language, IELTS, PTE )मा ५० प्रतिशत छुट दिइने छ ।
‘जापान जान चाहने विद्यार्थीहरु जो शैक्षिक मेलामा आउनुहुन्छ । उहाँहरुलाई हामीले तयारी कक्षाका लागि ५० प्रतिशतसम्म छुटको व्यवस्था गर्नेछौं ।,’ उनले भने ।
उक्त मेला उच्च शिक्षाका लागि विदेश जान चाहनेहरुका लागि उपयोगी हुने आयोजक संस्थाको विश्वास छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

